आजको मौसम: बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने
काठमाडाैं | माघ २०, २०७९
काठमाडौं: काठमाडौंसहित देशका धेरै ठाउँमा अहिले हुस्सु लागेको छ । अहिले बिहान लागेको हुस्सु बिस्तारै हट्दै जाने र पारिलो घाम लाग्ने मौसमविद्ले बताएका छन् ।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिउँसो देशभरका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान छ । तराईका जिल्लामा लागेको हुस्सु कुहिरो भने दिउँसोपछि मात्रै हट्ने अनुमान छ । बिहानको मौसम धुम्मिएजस्तो देखिए पनि पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नभएकाले अबको तीनरचार दिनसम्म नै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।
यसपालिको हिउँदमा वर्षा र हिमपात खासै हुन सकेको छैन । यसले गर्दा डढेलो र आगजनीका घटना बढ्न थालेका छन् । हिउँ नपरेपछि हिमाल कालापत्थरमा परिणत भएका छन् । यस्तै कृषि बालीमा पनि क्षति पुगेको छ भने विद्युत् उत्पादनमा पनि असर परेको छ ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

